मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ? « Khabarhub

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ।

यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ।

परराष्ट्रका सहसचिव रामकाजी खड्काले इरान युद्धको बाछिटाका कारण तनावमा रहेका अन्य देशका नेपालीको संख्या पनि खुलाएका छन् । उनका अनुसार इरानदेखि साइप्रसम्म १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको खुलाएका छन् ।

सम्भावित युद्धलाई लिएर मार्च १ मै ट्राभल एड्भाइजरी जारी गरिसकिएको जनाउँदै खड्काले सम्भावित उद्धारका लागि सरकार तयार रहेको बताए ।

मध्यपूर्वका कुन देशमा कति नेपाली ?

इरान- १० जनामध्ये ६ जना उतै (४ जना फर्किए)
इजरायल- ६५००
इजिप्ट- ५००
ओमान- २५ हजार
कतार- ३ लाख ५७ हजार ९१३
लेबनान- १५ सय
साउदी अरेबिया- ३ लाख ८४ हजार ८६५
यूएई- ७ लाखभन्दा धेरै
बहराइन- २८ हजार
इराक- ३० हजार
साइप्रस- १७ हजार
कुवेत- १ लाख ७५ हजार

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ०२ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी