सुडी समाज काठमाडौंले मनायो होली « Khabarhub

सुडी समाज काठमाडौंले मनायो होली


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडी समाज काठमाडौँले आज यहाँ फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सुडी समाजले शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाएको हो । 

नेपाली समाजमा मनाइने विविध साँस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागु पूर्णिमा (होली) पनि एक महापर्व हो । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एक अर्कालाई विभिन्न रङ्ग दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्त्वपूर्ण यो पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै आएको छ ।

त्यस अवसरमा समाजका अध्यक्ष शीतलप्रसाद महतोले होली पर्वले आपसी सद्भाव, भ्रातृत्व प्रेम र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव कायम राख्न विशेष योगदान पुर्‍याउने बताए । 

‘यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेछ’, उनले भने, ‘बहुआयामिक महत्त्व बोकेको यस पर्वको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मक पक्षलाई अङ्गीकार गरी जीवन्त बनाउन आवश्यक छ ।’

समाजका सल्लाहकार नागेन्द्र साहले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ अविर लगाएर मनाउने परम्परा रहिआएको उल्लेख गर्दै यस पर्वले सबैलाई आपसी सद्भाव, भातृत्व एवं विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस भनी शुभकामना दिए । 

सुडी समाज महासङ्घ नेपालका सचिव श्रीराम पूर्वे, समाजका उपाध्यक्ष शंकरसाह सुडी, महासचिव डा प्रकाशचन्द्र पञ्जियार र कोषाध्यक्ष विनोद महासेठलगायत वक्ताले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले सम्पन्न हाम्रो देशका यस्ता पर्व र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु साझा दायित्व भएको बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ५८ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री