इरानको जवाफी हमालाबाट तीन अमेरिकी सैनिकको मृत्यु « Khabarhub

इरानको जवाफी हमालाबाट तीन अमेरिकी सैनिकको मृत्यु


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । अमेरिकी केन्द्रीय कमाण्डले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो ।

सेनाका अनुसार इरानी हमलाका क्रममा तीन सैनिकको ज्यान गएको र पाँच जनाको अवस्था गम्भीर रहेको छ। यसबाहेक केही अन्य सैनिकहरू छर्रा लागेर सामान्य घाइते भएका जनाइएको छ ।

अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र बनेको छ । इरानले पनि निरन्तर जवाफी हमला गरिरहेको छ। यही क्रममा इरानी आक्रमणमा अमेरिकी सैनिकहरू हताहत भएको पुष्टि भएको हो ।

अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको छ। संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ०१ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन