कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा « Khabarhub

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि अरुबाट नभइ आँफैबाट भ्रष्टाचारको छनबिन सुरु गर्ने बताएका छन् ।

भक्तपुरको थिमिमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत चुनावीसभामा बोल्दै उपसभापति शर्माले पार्टी सभापति गगनकुमार थापा मन्त्री हुँदा सम्पत्ति घट्यो कि बढ्यो भनेर होस् वा शेरबहादुर देउवाको सम्पत्ति घट्यो कि बढ्यो भनेर छानबिन आफ्नै पार्टीका नेताबाट सुरु गर्ने बताए ।

भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याएर देशलाई भ्रष्टचार मुक्त बनाउने बताउँदै उनले कोही अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भ्रममा नपर्न आग्रह गरे ।

एउटा व्यक्तिले होइन, देश बदल्न टोली नै चाहिन्छ भन्दै उपसभापति शर्माले भने, “कोही अमूक व्यत्तिःलाई प्रधानमन्त्री बनाएर देश बदलिन्छ भन्ने होइन, गगन थापालाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भन्ने भ्रममा पनि हामी छैनौँ ।” उनले टिम बलियो भए मात्रै देश बदलिने बताउँदै कांग्रेससँग देश बदल्ने शक्ति र क्षमता रहेको बताए ।

कार्यक्रममा नपाली कांग्रेसका केन्द्रीय सदस्य अष्टकुमार कवेँ, भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, भक्तपुर क्षेत्र नं २ का कांग्रेस उम्मेवार कविर राणालगायतले जनताले परिवर्तनको महसुस नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ३० बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन