इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा « Khabarhub

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

'दुई साताभित्रै सेना फिर्ता ल्याउँछौँ'


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दाबी गरे।

“हामी दुई वा तीन हप्तामा त्यहाँबाट निस्कनेछौँ। इरानसँग सम्झौता हुनु वा नहुनुले अब खासै अर्थ राख्दैन,” ट्रम्पले भने। उनले इरानी शासनले आगामी कैयौँ वर्षसम्म परमाणु हतियार बनाउन नसक्ने कुरामा अमेरिका निश्चित भएपछि सेना पूर्ण रूपमा फर्कने प्रस्ट पारे।

यसैबीच, ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई समेत कडा चेतावनी दिँदै हर्मुज बाट तेल आपूर्तिका लागि आफैँ लड्न सुझाव दिएका छन्। बेलायत लगायतका देशप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “आफ्नो तेल आफैँ लिन जानुहोस्। अब अमेरिका तपाईंहरूको सहयोगका लागि त्यहाँ हुने छैन। तपाईंहरू पनि हाम्रा लागि हुनुहुन्नथ्यो, अब आफैँ लड्न सिक्नुहोस्।”

अमेरिकी रक्षा सचिव पिट हेगसेथले उक्त मुख्य व्यापारिक मार्गमा जहाजको चहलपहल बढिरहेको बताए पनि कूटनीतिक विश्लेषकहरूले भने हर्मुजमा इरानको पकडलाई चुनौती दिन अझै कोही तयार नभएको उल्लेख गरेका छन्। ट्रम्पको यो पछिल्लो घोषणाले मध्यपूर्वको सुरक्षा राजनीतिमा नयाँ हलचल ल्याउने देखिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : २६ बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर