कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी « Khabarhub

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व जिल्ला सभापति नरनारायण शाहले पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । आठ दशक लामो पारिवारिक राजनीतिक विरासत बोकेका शाहले नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि पोख्दै अब उपरान्त पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वले खेलिरहेको भूमिकाप्रति आफू पूर्णतः असन्तुष्ट रहेको उल्लेख गरेका छन् । “मुलुकको संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा सिंगो कांग्रेस एकजुट भएर नउभिँदासम्म म पार्टीका गतिविधिमा सहभागी नहुने निर्णयमा पुगेको छु,” उनले भनेका छन्, “आगामी दिनमा म सम्भवतः दलगत राजनीतिभन्दा टाढै रहने प्रयास गर्नेछु ।”

शाहको परिवार तीन पुस्तादेखि कांग्रेसको राजनीतिमा सक्रिय छ । उनका हजुरबुबा लोकेन्द्र बहादुर शाह २०१५ सालका सांसद एवं पूर्व जिल्ला सभापति थिए भने बुबा मोहनबहादुर शाह पूर्व जिल्ला सभापति एवं जिविस सभापति थिए । स्वयं नरनारायणले दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारीमा थिए ।

पार्टी विभाजनको खतराप्रति संकेत गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान कार्यकर्ताको भावनामा आघात पुग्ने चेतावनी समेत दिएका छन् । “स्थापित विरासतमाथि खेलवाड गर्ने प्रयत्न नगरियोस्,” उनले भनेका छन्, “अब उपरान्त म विशुद्ध नेपाली कांग्रेस भएर मात्र बाँच्न चाहन्छु, यसलाई अन्यथा नलिइदिनुहोला ।”

प्रतिनिधिसभा निर्वाचनको परिणामले आफू हतोत्साहित नभएको स्पष्ट पार्दै शाहले आफ्नो निर्णयलाई निर्वाचनको नतिजासँग मात्रै तुलना नगर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : ५३ बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर