बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध « Khabarhub

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ ।

सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।

कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा बनाइदिने, नवीकरण गरिदिने, निरोगिता प्रमाणपत्र बनाइदिनेलगायत काम गरिदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त रकम लिने तथा हैरानी दिने गरेको जनगुनासो कार्यालयमा पटकपटक आएपछि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

यस्ता गतिविधिले कार्यालयबाट प्रवाह हुने सेवामा अव्यवस्था र ढिलासुस्तीसमेत हुने गरेको उनको भनाइ छ । यदि कसैले यस्तो कार्य गरेको पाइएमा वा निषेध गरिएको क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिएमा कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइने उनले उल्लेख गरे ।

यातायात व्यवस्था कार्यालयले सेवाग्राहीलाई आफ्नो कामका लागि सिधै कार्यालयको सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ । कार्यालयले कुनै पनि सेवा लिन बिचौलियाको आवश्यकता नपर्ने र तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नतिर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।

सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको निमित्त कार्यालय प्रमुख चौधरीले बताए । उनले बिचौलिया नियन्त्रण भएपछि सेवाग्राहीले अनावश्यक झन्झट र अतिरिक्त खर्चबाट मुक्ति पाउने तथा सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ११ : ३७ बजे

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।

कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय

किमाथाङ्का– सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५

हर्मुज मार्ग पुनः खुल्ने संकेत

तेहरान– अमेरिका–इरान सम्झौतापछि विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजको