इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते « Khabarhub

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणपछि इजरायलका विभिन्न स्थानमा ठूला विस्फोटका आवाज सुनिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार गुश दान, शेरोन र समारिया क्षेत्रमा साइरन बजाइएको छ। अहिले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ।

आक्रमणपछि विभिन्न स्थानमा मिसाइल खसेको (क्र्यास साइट) खबर आएको छ । तर हालसम्म ठूलो क्षति वा मानवीय हताहतको पुष्टि भएको छैन।

इरानको आक्रमणबाट इजरायलको केन्द्रीय क्षेत्र ब्नी ब्राकमा ६ जना घाइते भएका छन्। घाइतेमध्ये ११ वर्षीया एक बालिका पनि रहेकी छन्।

रिपोर्टका अनुसार १३ वर्षका एक बालकसहित अन्य चार जना घाइते भएका छन्। सबैलाई मिसाइल आक्रमणका क्रममा उडेको छर्रा लागेर चोट लागेको हो।

घाइतेहरूलाई तुरुन्त अस्पतालमा भर्ना गरिएको छ । आक्रमणपछि स्वास्थ्य तथा उद्धार टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ।

लेबनानमा इजरायली आक्रमण, ७ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। यो आक्रमण बुधबार बिहान सबेरै गरिएको हो।

रिपोर्टका अनुसार हवाई आक्रमणबाट धेरै क्षेत्रमा ठूलो क्षति पुगेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : ३० बजे

बालेनको ‘जय महाकाली’ : ६ वर्षअघिको फ्लप गीत रि–रेकर्ड गर्दा राख्यो कीर्तिमान

काठमाडौं – बालेन र्‍याप ब्याटलबाट चर्चामा आए पनि कतिपय गीत

सिंहदरबारमा प्रतिनिधि सभाका ६ दलको बैठक

काठमाडौं- सरकारले संसद् बैठक डाकेपछि गत फागुन २१ गतेको निर्वाचनबाट

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुई वटा

किष्ट मेडिकल कलेजमा १५ औँ सफल कलेजो प्रत्यारोपण सफल 

काठमाडौं– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो

अमेरिकाको ट्राभल एड्भाइजरी : नेपालमा यात्रा गर्न सकिन्छ तर उच्च सतर्कता अपनाउनू 

काठमाडौं– अमेरिकाले नेपालका लागि जारी गरेको ट्राभल एड्भाइजरी घटाउँदै तह