क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु « Khabarhub

क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ ।

रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा छ जना चालक दल र २३ जना यात्रु सवार थिए । उनीहरूको दुर्घटनामा परेर ज्यान गएको हो । विमानले नियमित उडान गरिरहेका बेला मंग्लबार साँझ करिब ६ बजेतिर सेनाले त्यससँग सम्पर्क गुमाएको थियो ।

उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो । सन् २०१४ मा रुसले युक्रेनबाट यो क्षेत्र कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अवैध मानेको छ । दुर्घटनापछि उद्धार टोली परिचालन गरिए पनि घटनास्थलमै सबैको मृत्यु भएको पुष्टि भएको छ ।

समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रक्षा मन्त्रालयले प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटना प्राविधिक खराबीका कारण भएको जनाएको छ । विमानमा कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको विश्वास गरिएको पनि मन्त्रालयको भनाइ छ ।

दुर्घटनास्थलका स्रोतहरूलाई उद्धृत गर्दै राज्य सञ्चालित तास र आरआइए नोभोस्तीले विमान चट्टानी क्षेत्रमा खसेको जानकारी दिएका छन्, जसका कारण क्षति झनै भयावह भएको बताइएको छ ।

एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य र लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : ०२ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली