नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । 

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको कामकारबाही सेवा प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए । 

त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढी सिसिटिभी रहेकोमा जेन-जी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सिसिटिभी पुनः जडान भइसकेको जानकारी दिए । 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : ०४ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली