बिरामी सेवामा गुणस्तर बढाउन वीर अस्पतालका १४ निर्णय : हाजिरीदेखि पोसाकसम्ममा कडाइ  « Khabarhub

बिरामी सेवामा गुणस्तर बढाउन वीर अस्पतालका १४ निर्णय : हाजिरीदेखि पोसाकसम्ममा कडाइ 


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे निर्णय गरेको छ । 

अस्पताल व्यवस्थापन समितिको चैत १६ गते बसेको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँगको व्यवहार र औषधि उपलब्धताका विषयमा नयाँ नियमहरू लागू गर्ने निर्णय गरेको अस्पताल निर्देशक डा. दिलिप शर्माले जानकारी दिए ।

अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ । बिहान ९ बजेदेखि बेलुका ५  बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिनेछ । 

विशेषगरी बिहान ९ः३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई गयल मानिने र आधा दिनको बिदा काटिने कडा व्यवस्था गरिएको छ ।

अस्पतालले सेवाग्राहीसँगको व्यवहारमा पनि परिवर्तन ल्याउन मुस्कानसहितको सेवा अनिवार्य गरेको छ । रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिइएको छ । 

यस्तै, चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी  नम्बर र हस्ताक्षर प्रष्ट बुझिने गरी लेख्नुपर्ने नियम बनाइएको छ । अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य गरिएको छ । 

अस्पताल व्यवस्थापन समितिका १४ बुँदे मुख्य निर्णयहरू 

१. शासकीय सुधार: मन्त्रिपरिषद्को शासकीय सुधारको मार्गचित्र अनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक निर्देशनहरू कार्यान्वयन गर्ने ।

२.अनिवार्य उपस्थिति: चिकित्सक र कर्मचारीहरू समयमै उपस्थित हुनुपर्ने र गयल भएमा नियमानुसार कारबाहीको सिफारिस गरिने ।

३. प्रष्ट कागजात: बिरामीको पुर्जा, रिपोर्ट र डिस्चार्ज समरीमा नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट हुनुपर्ने ।

४. पोसाक र परिचयपत्र: स्वास्थ्यकर्मी, नर्स र डाक्टरले एप्रोन र परिचयपत्र अनिवार्य लगाउनुपर्ने ।

५.सरसफाइ अडिटः अस्पतालको सरसफाइ निगरानीका लागि संगिता श्रेष्ठको संयोजकत्वमा समिति गठन ।

६. हाजिरी अडिटः कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा। मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन ।

७.सार्वजनिक बिदा: वि.सं. २०८३ को सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने ।

८. कार्यालय समय: २०८३ वैशाख १ देखि बिहान ९ देखि ५ बजेसम्म (जाडोमा ९ देखि ४ बजेसम्म) को समय निर्धारण ।

९. प्रोत्साहन भत्ताः ओटी, क्याथ ल्याब र इभिनिङ राउन्डमा खटिनेलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने ।

१०.फार्मेसी सुधार: फार्मेसीमा औषधिको मौज्दात र उपलब्धताको जानकारी सेवाग्राहीलाई छिटोछरितो दिने ।

११. ढिलाइमा कडाइ:  बिहान ९ः३० बजेपछि आउनेलाई गयल मानिने र आधा दिन बिदा काटिने, ढिलो भएमा निर्देशकको ह्वाट्सएप ग्रुपमा जानकारी दिनुपर्ने ।

१२. ड्युटी रोस्टरः सबै कर्मचारीको ड्युटी रोस्टर भाइबर ग्रुपमा अपडेट हुनुपर्ने र खटाएको ठाउँमा नभेटिए मन्त्रालयमा रिपोर्ट गरिने ।

१३. निरन्तर निगरानीः कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने, कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए आफैँ सजायको भागीदार हुनुपर्ने ।

१४. शिष्ट व्यवहार: सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्नुपर्ने । रुखो व्यवहार र लापरवाह कार्यशैली पूर्ण रूपमा बन्द गर्नुपर्ने ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : १० बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण