अमेरिकाको ट्राभल एड्भाइजरी : नेपालमा यात्रा गर्न सकिन्छ तर उच्च सतर्कता अपनाउनू  « Khabarhub

अमेरिकाको ट्राभल एड्भाइजरी : नेपालमा यात्रा गर्न सकिन्छ तर उच्च सतर्कता अपनाउनू 


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालका लागि जारी गरेको ट्राभल एड्भाइजरी घटाउँदै तह २ कायम गरेको छ । उसले गत भदौको जेन-जी आन्दोलनपछि अब आफ्ना नागरिकलाई ‘सतर्कता अपनाउँदै यात्रा गर्न सकिने भनेको छ। 

अमेरिकाले देशभर भएका प्रदर्शनहरू रोकिए पनि नागरिक अशान्ति र आकस्मिक प्रदर्शनको जोखिम अझै कायम रहेको जनाएको छ।

नयाँ अद्यावधिक अनुसार, सेप्टेम्बर २०२५ देखि सुरु भएका राष्ट्रव्यापी प्रदर्शनहरू अहिले रोकिएका छन् । नेपालको सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको छ। तर, विशेषगरी शहर क्षेत्रमा अचानक प्रदर्शन हुन सक्ने र ती छिट्टै हिंसात्मक हुन सक्ने चेतावनी पनि दिइएको छ।

के भन्यो ?

एड्भाइजरीमा ठूलो भीडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ । 

एड्भाइजरीमा नेपालमा आपतकालीन र नियमित स्वास्थ्य सेवा सीमित रहेको उल्लेख गरिएको छ । काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रभन्दा राम्रो भए पनि भीडभाड हुने, आवश्यक उपकरण वा औषधि अभाव हुन सक्ने, उपचारअघि भुक्तानी मागिन सक्ने चेतावनी पनि दिइएको छ ।

विदेशी नागरिकलाई अमेरिकाले आवश्यक औषधि साथमा ल्याउन, स्वास्थ्य बीमा गर्न, मेडिकल इभ्याकुएसन कभर हुने बीमा लिन, गम्भीर अवस्थामा अर्को देश जानुपर्ने सम्भावना बुझ्न पनि सुझाव दिइएको छ ।

एड्भाइजरीमा नेपालमा नियमित रूपमा भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् आउने उल्लेख गरिएको छ ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा अचानक बाढी, पहिरो, सडक अवरोध र संरचना क्षति जस्ता समस्या आउन सक्ने बताइएको छ। 

अमेरिकाले यात्रुहरूलाई स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राममा दर्ता गर्न, स्थानीय समाचार हेर्न, प्रदर्शन र भीडबाट टाढा रहन भनेको छ । यात्राअघि स्वास्थ्य जानकारी हेर्न, मेडिकल इभ्याकुएसनसहितको यात्रा बीमा लिन पनि सिफारिस गरेको छ ।

अमेरिकाले नेपालमा यात्रा गर्न सकिने भए पनि बढी सतर्कता आवश्यक रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : ५४ बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर