पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने « Khabarhub

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर खड्काले चैत १४ गते निकालेको वक्तव्यलाई अनधिकृत भनेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

‘नक्कली लेटर प्याड प्रयोग गरेर आफूसँग हुँदै नभएको जिम्मेवारी उल्लेख गर्दै चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य अनुशासनको उल्लंघन हो’, समितिको निर्णयमा भनिएको छ, ‘उक्त वक्तव्य अनधिकृत भएकाले सचेत गराइन्छ। अब उप्रान्त यस्तो गतल काम गर्ने जो-कोही उपर नेपााली कांग्रेसको विधान र नेपाल कानुनअनुसार कारबाही गरिनेछ ।’

कांग्रेसले समानान्तर गतिविधिको नेतृत्व गरिरहेका खड्काले फेरि त्यो गतिविधि दोहोर्‍याए कारबाही गर्ने निष्कर्ष निकालेको छ।

त्यसैगरी कांग्रेसको अनुशासन समितिले गत फागुन २१ गतेको चुनावमा पार्टीका सदस्यहरूले अनुसशासन उलंघन गरेको भए चैत मसान्तसम्म उजुरी पठाउन पनि आग्रह गरेको छ।

यसरी चुनावमा अन्तरघात गर्ने र अनुशासन उलंघनको आरोप लागेका व्यक्तिहरूबाट स्पष्टीकरण सोध्ने निर्णय पनि कांग्रेसले गरेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ५५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली