काठमाडौं– काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक ‘बिस्का: जात्रा’ नजिकिएसँगै श्री भैरवनाथको रथ निर्माण कार्य तीव्र रुपमा अगाडी बढेको छ ।
विस्का: भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने गरिन्छ । काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये बिस्का: जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्री भैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय गुठियारहरु लागि परेका छन् ।
लिच्छवीकालदेखि सुरु भएको यो ऐतिहासिक जात्राको पहिलो दिन श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्का: जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी




























प्रतिक्रिया