ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक « Khabarhub

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।

मुटुको चालमा गडबडीसहित विभिन्न आधा दर्जन स्वास्थ्य समस्या एकैपटक देखिएपछि उनलाई चैत १५ गते अस्पताल भर्ना गरिएको हो ।

हाल उनलाई ‘एनेक्स–१’ भवनको शय्या नम्बर ५०१ मा राखिएको छ । जहाँ उनलाई चिकित्सकले २४ घण्टा निगरानीमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

एकैपटक ६ स्वास्थ्य समस्या

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ओली लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी हुन् ।

पक्राउ परिसकेपछि गरिएको पछिल्लो स्वास्थ्य परीक्षणबाट थप चारवटा समस्या देखिएका छन् । विशेषगरी उनको पित्तथैलीमा २२ एमएमको पत्थरी भेटिएको छ, जसले चिकित्सकहरूलाई थप सतर्क बनाएको छ ।

त्यसबाहेक, ओलीमा मिर्गौला रोग (उनले दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन् ), थाइरोइड समस्या, ग्यास्ट्रिक र अम्लपित्तको समस्या पनि देखिएको छ । यी सबैसहित हाल उनी ६ वटा प्रमुख स्वास्थ्य समस्यासँग जुधिरहेका अस्पतालले जनाएको छ ।

शल्यक्रिया निर्णय बाँकी

पित्तथैलीमा देखिएको पत्थरी निकाल्न शल्यक्रियाको सम्भावना रहेको चिकित्सकहरूले बताएका छन् ।

यद्यपि, युरिन, कल्चर लगायतका केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अन्तिम निर्णय हुन सकेको छैन । ‘रिपोर्ट आएपछि मात्र शल्यक्रिया गर्ने–नगर्ने टुंगो लाग्छ,’ रोस्याराले खबरहबलाई जानकारी दिए ।

उनका अनुसार, ओलीले समेत आवश्यक परे पित्तथैलीको शल्यक्रिया गर्न सहमति जनाएका छन् । तर, चिकित्सकीय दृष्टिले सुरक्षित समय र स्वास्थ्य अवस्था सामान्य भएको सुनिश्चित भएपछि मात्रै प्रक्रिया अघि बढाइनेछ।

खासगरी ओलीमा देखिएको उच्च रक्तचाप र मधुमेह जस्ता समस्या शल्यक्रियाका लागि चुनौतीपूर्ण हुन सक्छ । चिकित्सकले ती दुवै समस्यालाई औषधिले सामान्य बनाउन सकेमात्रै शल्यक्रियाको प्रक्रिया अघि बढाउनेबारे सोच्न सक्छन् ।

ओलीको संवेदनशील स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पतालले बहुविषयगत विशेषज्ञहरूको टोली गठन गरेको छ ।

उक्त टोलीमा कार्डियोलोजिस्ट, नेफ्रोलोजिस्ट, जनरल सर्जन, मेडिसिन विशेषज्ञ तथा प्रयोगशाला विभागका चिकित्सकहरू संलग्न छन् । टोलीले संयुक्त रूपमा निरन्तर निगरानी र उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

‘अवस्था सामान्य’, तर जोखिम कायम

यति धेरै स्वास्थ्य समस्या भए पनि हाल ओलीको अवस्था स्थिर र सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

तर दीर्घरोग र नयाँ समस्याहरूका कारण जोखिम अझै कायम रहेको चिकित्सकहरूको भनाइ छ । त्यसैले उनलाई अस्पतालमै राखेर उपचार जारी राखिएको हो ।

कानुनी मुद्दासँगै उपचार

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा ओलीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अन्तर्गत ‘हेलचेक््रयाइँ गरी ज्यान मार्न नहुने कसुर’मा अनुसन्धान अघि बढाइएको छ ।

त्यही आधारमा गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरीले उनलाई शनिबार पक्राउ गरेको थियो । तर स्वास्थ्यअवस्था जटिल भएकाले उनलाई अस्पतालमै राखेर उपचारसँगै अनुसन्धान अघि बढाइएको छ । चिकित्सकहरूले अझै केही समय अस्पतालमै राख्नुपर्ने सिफारिस गरेका छन् ।

अस्पतालले ओलीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै उपचार गरिरहेको छ । अर्कोतर्फ कानुनी प्रक्रिया पनि समानान्तर अघि बढिरहेको छ । पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्ने–नगर्ने निर्णय नहुँदासम्म उनी अस्पतालमै हुनेछन् ।

धेरै स्वास्थ्य समस्याबीच पनि ओलीको अवस्था नियन्त्रणमै रहेको चिकित्सकहरूले बताएका छन् । तर आगामी केही दिनमा आउने रिपोर्ट र त्यसपछिको चिकित्सकीय निर्णयले उनको उपचार शल्यक्रियाबारे निर्णय दिनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : ०५ बजे

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट