हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श « Khabarhub

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्न विज्ञहरूबीच विचारविमर्श भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा बिहीबार आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्त्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस’ विषयमा सम्बन्धित वायुसेवा कम्पनी तथा अन्य सरोकारवाला निकायबीच छलफल भएको हो ।

कार्यशालामा नेपालकै पहिलो ‘फ्लाइट डेटा मनिटरिङ’ (एफडीएम) सम्बन्धी ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस इम्प्लिमेन्टेसन फर फ्लाइट सेफ्टी विषयक विज्ञहरूले प्रस्तुति दिएका थिए । 

पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले उद्‌घाटन गरेको उक्त कार्यक्रममा मन्त्रालयका सहसचिव मुकेश डङ्गोलले कार्यक्रमको उद्देश्यबारे सहभागीहरूलाई जानकारी गराएका थिए । उक्त कार्यक्रममा हवाई उडानका तथ्यांकहरूको विश्लेषण गरी भविष्यमा हुनसक्ने हवाई दुर्घटना न्यूनीकरण गर्न र तथ्यांकमा आधारित सुरक्षा प्रणाली लागू गर्न विशेष जोड दिइएको थियो ।

पुल्चोक क्याम्पसको डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङका विभागीय प्रमुख डा सुदीप भट्टराईको प्राविधिक नेतृत्व र हिमालय एयरलाइन्सको व्यावहारिक अनुभव समेटिएको यस कार्यशालाले प्राज्ञिक ज्ञान र हवाई उद्योगबीचको सम्बन्धलाई सुदृढ बनाएको मन्त्रालयले जनाएको छ । हिमालय एयरलाइन्सको तर्फबाट उडान जोखिम पहिचान र अन्तर्राष्ट्रिय मापदण्डका सफल अभ्यासहरू प्रस्तुत गरिएको थियो ।

विज्ञ सहजकर्ताका रूपमा सहजीकरण गर्नुभएका डा भट्टराईले हवाई सुरक्षाको दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको फ्लाइट डाटा मनिटरिङ एनालाइसिस र यसको महत्वको बारेमा जानकारी गराउँदै कार्यान्वयनमा भइरहेको समस्या एवं समाधानका उपायका बारेमा आफ्नो प्रस्तुति दिए ।

सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिहरूले आआफ्नो संस्थामा एफडिएम कार्यान्वयनको अवस्थाबारेमा जानकारी दिएका थिए । उक्त कार्यक्रमले एफडिएमको प्रभावकारी रूपमा कार्यान्वयनमा जोड दिनुका साथै नेपालको हवाई क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नियामक र सञ्चालकहरूका लागि एक स्पष्ट रणनीतिक मार्गचित्रसमेत तयार गर्न सहयोग पुगेको मन्त्रालयको नागरिक उड्डयन महाशाखाले जनाएको छ ।

कार्यक्रममा नेपाली वायुसेवा कम्पनीबाट हवाई सुरक्षासँग सम्बन्धित कर्मचारी, नियामक निकाय, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्बन्धित क्षेत्र हेर्ने पदाधिकारी, पुल्चोक क्याम्पसको सम्बन्धित विभागका विद्यार्थी र मन्त्रालयको नागरिक उड्डयन महाशाखाका कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : ४९ बजे

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य