बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान « Khabarhub

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजकै शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भई मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गरेका छन् । यही दिन सिद्धार्थ गौतमले बोधि प्राप्त गरी भगवान गौतम बुद्धका रूपमा मानव सभ्यतामा स्थापित भएको उनको भनाइ छ ।

ओलीले करिब २५७० वर्षअघि यही दिन भगवान बुद्ध महापरिनिर्वाणमा विलीन भएको स्मरण गर्दै बुद्धको जीवनले सत्य, अहिंसा, करुणा र शान्तिको मार्ग देखाएको बताए।

उनले देशभित्र तथा विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना व्यक्त गर्दै बुद्धको शाश्वत सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १० : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई