प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना « Khabarhub

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री शौचालय स्थापना गरेको छ । कर्मचारी तथा सेवाग्राही महिलालाई सहज वातावरण प्रदान गर्ने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको काउन्सिल सचिवालयले जनाएको छ ।

काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले स्तनपान कक्षको उद्‌घाटन गर्दै कुनै पनि कार्यस्थल महिलामैत्री हुनु न्यूनतम मापदण्ड भएको उल्लेख गरे। उनले काउन्सिलले सो मान्यतालाई व्यवहारमा लागू गरेको बताए।

महिलाका आवश्यकतालाई ध्यानमा राख्दै काउन्सिलले महिनावारीका समयमा सहजता होस् भन्ने उद्देश्यले प्याड भेण्डिङ मेसिनसमेत जडान गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालका अनुसार कानुनअनुसार कार्यालयमा स्तनपान कक्ष, महिलामैत्री शौचालय तथा अपाङ्गतामैत्री संरचना अनिवार्य व्यवस्था भएकाले सोहीअनुसार योजना, बजेट र स्रोत व्यवस्थापन गरेर काम अघि बढाइएको हो ।

उनले कार्यालयलाई पूर्ण रूपमा अपाङ्गतामैत्री बनाउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : ५९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्