रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो « Khabarhub

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको सैन्य कारबाही अब समाप्त भएको जनाएको छ।

एनबीसी न्यूजसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले कानुनी हिसाबले अब यसलाई ‘चलिरहेको युद्ध’ मान्न नमिल्ने बताएका छन्।

गत ७ अप्रिलदेखि दुवै पक्षबीच दुई हप्ते युद्धविराम लागू भएको थियो, जसलाई ट्रम्पले पछि लम्ब्याएका थिए। त्यसपछि अमेरिका र इरानबीच दोहोरो गोलीबारी भएको छैन।

रिपोर्ट अनुसार, अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई लक्षित गर्दै प्रतिक्रिया दिएको र होर्मुज स्ट्रेट बन्द गरेको थियो।

पछि ८ अप्रिलमा पाकिस्तानको मध्यस्थतामा युद्धविराम लागू भएको थियो। ११–१२ अप्रिलमा इस्लामाबादमा वार्ता भए पनि कुनै ठोस सम्झौता हुन सकेन।

युरोपेली संघले के भन्यो ?

युरोपेली संघकी विदेश नीति प्रमुख काया कालासले होर्मुज क्षेत्रमा बढ्दो तनाव अझै कम हुने संकेत नदेखिएको बताएकी छन्। उनले चेतावनी दिँदै यसले विश्व अर्थतन्त्रमा ठूलो असर पारिरहेको उल्लेख गरिन्।

उनले अहिले यस अवस्थाबाट रूसलाई फाइदा भइरहेको बताइन् । तेलको मूल्य बढिरहेकाले युद्धबीच फाइदाजति रूतिर गइरहेको उनले बताइन् । यसका साथै धेरै देशहरूमा हतियार आपूर्तिमा पनि ढिलाइ भइरहेको उनले बताइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ११ : २८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई