स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा « Khabarhub

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि सरकारी डोजर आतंक छ ।

पानी झरीबीच सुकुम्वासीहरूलाई सामान सार्न केही घण्टाको समय दिएर सरकारले बस्तीहरूलाई धमाधम ध्वस्त बनाइरहेको छ।

सयौँको संख्यामा सुरक्षाकर्मीसमेत उतारेर गरिएको ध्वस्त पार्ने अभियान बुद्ध जयन्तीका दिनसमेत रोकिएन ।

देशभर भगवान् गौतम बुद्धलाई बुद्ध धर्मावलम्बीहरूले सम्झिएर पूजा आरधना गरिरहँदा काठमाडौंको बल्खुमा भने गुम्बामै सरकारी डोजर चलेको छ।

बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बालाई डोजरले ढालिएको हो । उक्त गुम्बासँगै सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देवीको मन्दिरसमेत डोजर लगाएर ढालिएको छ।

२०७८ कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार वैशाख शुक्ल पूर्णिमाका दिन नै भत्काइएको हो।

स्थानीयबासीले यो गुम्बा कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरे पनि सरकारी अधिकारी र सुरक्षामा खटिएकाहरूले सुन्नै नचाहेको बताए ।

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काइएको हो।

काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामग्री बाहिर निकालेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : ५७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री