स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा « Khabarhub

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि सरकारी डोजर आतंक छ ।

पानी झरीबीच सुकुम्वासीहरूलाई सामान सार्न केही घण्टाको समय दिएर सरकारले बस्तीहरूलाई धमाधम ध्वस्त बनाइरहेको छ।

सयौँको संख्यामा सुरक्षाकर्मीसमेत उतारेर गरिएको ध्वस्त पार्ने अभियान बुद्ध जयन्तीका दिनसमेत रोकिएन ।

देशभर भगवान् गौतम बुद्धलाई बुद्ध धर्मावलम्बीहरूले सम्झिएर पूजा आरधना गरिरहँदा काठमाडौंको बल्खुमा भने गुम्बामै सरकारी डोजर चलेको छ।

बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बालाई डोजरले ढालिएको हो । उक्त गुम्बासँगै सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देवीको मन्दिरसमेत डोजर लगाएर ढालिएको छ।

२०७८ कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार वैशाख शुक्ल पूर्णिमाका दिन नै भत्काइएको हो।

स्थानीयबासीले यो गुम्बा कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरे पनि सरकारी अधिकारी र सुरक्षामा खटिएकाहरूले सुन्नै नचाहेको बताए ।

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काइएको हो।

काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामग्री बाहिर निकालेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : ५७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई