नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन « Khabarhub

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र एकीकृत ट्रेड युनियन महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सह–संयोजक नेपालले गणतन्त्रमा सबै नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने बताए ।

बालेन शाह नेतृत्वको वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लगाएका छन् ।

विद्यार्थी र मजदुरको अधिकार नै सरकारले खोस्न लागेको भन्दै उनले संगठित हुन पाउने संवैधानिक ग्यारेन्टी कसैले खोस्न नपाउने उल्लेख गरे ।

उनले देशलाई अघि बढाउन कुनै समस्या भए आफूहरू पनि सँगै बसेर समाधान खोज्ने धारणा राखेका छन् ।

त्यस्तै सह–संयोजक नेपालले वास्तविक सुकुम्वासीको पहिचान नै नगरी दमन गर्ने कामलाई जायज भन्न नसकिने स्पष्ट पारे।

वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेकाले सरकारको प्रारम्भीक लक्षण राम्रो नदेखिएको उनको भनाइ छ ।

नेपालले जनतालाई पीडा र यातना दिने गरि जनविरोधी काम नगर्नसमेत सरकारलाई सुझाव दिए । नेपालले मजदुरहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  २ : १४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म