सिरहा बम विस्फोट घटनाका अभियुक्त पुर्पक्षका लागि कारागार चलान « Khabarhub

सिरहा बम विस्फोट घटनाका अभियुक्त पुर्पक्षका लागि कारागार चलान


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसनको भुइँ तलामा रहेको ‘कामधेनु ल फर्म’ भित्र भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका २९ वर्षीय गुमस्ताकुमार यादवलाई कारागार चलान गरिएको हो ।

सुखिपुर नगरपालिका-३ लक्ष्मिनिया टोल बस्ने यादव सोही ल फर्ममा कार्यरत कर्मचारी हुन् । गत चैत २७ गते भएको उक्त विस्फोटको घटनापश्चात् प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धान पूरा गरी जिल्ला अदालत सिरहामा पेस गरिएका यादवलाई अदालतको आदेशानुसार बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ४ : ५४ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै

नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

राँझा– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं– अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै