डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न « Khabarhub

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा आपत्ति जनाएको छ। बिहीबार जारी प्रेस वक्तव्यमा संगठनले उक्त अभियानलाई ‘अमानवीय, असंवैधानिक र जनविरोधी’ भन्दै विरोध गरेको हो।

वक्तव्यमा थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर प्रयोग गर्दा दुईजना नागरिकले आत्महत्या गरेको बताइएको छ।

यस संगठनले यस घटनालाई ‘सामान्य दुर्घटना नभई राज्यबाट सिर्जित परिस्थितिको परिणाम’ भएको आरोप लगाएको छ।

संगठनका प्रवक्ता विजय शाहले जारी वक्तव्यमा सरकारको कदमले गरिब तथा विपन्न वर्गमाथि अन्याय भएको आरोप लगाउँदै युवाहरू यस्तो कार्यविरुद्ध उभिने चेतावनी दिएका छन्।

जेन-जी मुभमेन्ट नेपालले चार बुँदे माग अघि सारेको छ। जसमा प्रधानमन्त्री बालेन शाहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने, डोजर अभियान तुरुन्त रोक्नुपर्ने, प्रभावित परिवारलाई वैकल्पिक सुरक्षित आवास उपलब्ध गराउनुपर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

त्यस्तै, बिनापुनर्वास कुनै पनि सुकुम्बासी बस्ती नहटाउने नीति घोषणा गर्न पनि संगठनले माग गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ५ : १४ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्