एमसीसीमै अमेरिकी विशेष दूतको चासो, दुई मन्त्रीलाई भेटेर के के भने ? « Khabarhub

एमसीसीमै अमेरिकी विशेष दूतको चासो, दुई मन्त्रीलाई भेटेर के के भने ?


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेटवार्ता गरेका छन्।

खनालसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

उक्त भेटमा विशेषगरी व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा कुराकानी भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

उक्त भेटका क्रममा अमेरिकी विशेष दूत गोरले नेपालमा कार्यान्वयनतर्फ अघि बढिरहेको मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनाहरूलाई अघि बढाउने विषयमा जोड दिएका छन् ।

भेटका क्रममा दुवै पक्षबीच विभिन्न सम्भावनायुक्त क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा रचनात्मक र फलदायी संवाद भएको मन्त्रालयले जनाएको छ।

यसैबीच विशेष दूत गोरले शुक्रबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि संवाद गरेका छन्।

अमेरिकी विशेष दूतसँगको भेटपछि अर्थमन्त्रालयले नेपाल–अमेरिका सम्बन्ध अझ प्रगाढ बनाउँदै लगानी र व्यापार वृद्धि गर्न सहकार्य केन्द्रित कुराकानी भएको जनाएको छ।

यस भेटका क्रममा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थमन्त्रालयले जानकारी दिएको छ।

नेपाल र अमेरिकाबीच पछिल्लो समय आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार बनाएसँगै विशेष चासोसहित एकपछि अर्का अमेरिकी अधिकारी धाइरहेका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : ०४ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका