व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध « Khabarhub

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको छ । नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि नगरपालिकाले गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको हो ।

नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) गर्भ परीक्षण गरेका महिलालाई आठ महिनामा मातृ शिशुकार्डका आधारमा पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार ५२ जनालाई दुई लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।

सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गराउने उद्देश्यसहित सुत्केरीलाई पोषणभत्ता दिइएको उपप्रमुख इन्दिरा दरैले बताइन् ।

उनका अनुसार गर्भवतीको नियमित स्वास्थ्य परीक्षण नगरी घरमै शिशु जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या पर्ने भएकाले यसको अन्त्यका लागि भत्ता उपलब्ध गराउन थालिएको हो ।

‘महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत नगरभित्र सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइने उनको भनाइ छ । 

गर्भवतीलाई समयसमयमा गर्भ परीक्षण गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिने नीति सुरु गरिएको दरैले बताइन् । 

उनले भनिन्, ‘घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाका लागि कार्यक्रम सञ्चालन गरेका हौँ ।’ यसैबीच, नगरपालिकाले चालु आर्थिक वर्षमा ६० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । 
 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : ३८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई