सचिन तेन्दुलकरले ‘अद्‌भुत’ भनेका १५ वर्षे वैभवले आईपीएलमा के के अवार्ड पाए ? « Khabarhub

सचिन तेन्दुलकरले ‘अद्‌भुत’ भनेका १५ वर्षे वैभवले आईपीएलमा के के अवार्ड पाए ?


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले सनसनीपूर्ण प्रदर्शन गर्दै मुख्य विधाका तीनवटा अवार्ड जितेका छन् । १५ वर्षीय सूर्यवंशीले यस सिजनको ‘मोस्ट भ्यालुएबल प्लेयर’ ‘अरेन्ज क्याप’ र ‘इमर्जिङ प्लेयर’को अवार्ड पाएका छन्।

उनले १६ इनिङ्समा २३७.३० को अविश्वसनीय स्ट्राइक रेटमा ७७६ रन बनाएका छन् । आईपीएल इतिहासमा एकै सिजनमा एमभीपी र इमर्जिङ प्लेयर दुवै अवार्ड जित्ने सूर्यवंशी पहिलो खेलाडी बनेका छन् ।

सन् २०११ मा क्रिस गेलपछि एकै सिजनमा सर्वाधिक रन र उत्कृष्ट स्ट्राइक रेट दुवै सूचीको शीर्ष स्थानमा रहने उनी पहिलो खेलाडी हुन् । उनले यस सिजन ७२ छक्का प्रहार गर्दै एकै सिजनमा गेलले बनाएको सर्वाधिक ५९ छक्काको कीर्तिमान समेत भंग गरे । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले राजस्थान प्लेअफसम्म पुगेको थियो । उनले उत्कृष्ट खेल देखाए पनि चन्डिगढमा भएको क्वालिफायर २ मा राजस्थान गुजरात टाइटन्ससँग पराजित भएर बाहिरिएको थियो ।

एकै सिजन धेरै अवार्ड थापेपछि सूर्यवंशीले भने, “राम्रो लागिरहेको छ, तर अन्तरवार्ताहरू दिनुपर्दा अलि दबाब महसुस भइरहेको छ । यो मेरो लागि गर्वको क्षण हो र आगामी सिजनमा पनि यस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछु । म आफ्नो स्वभाविक खेल खेल्छु र बल प्रहार गर्ने खालको छ भने म पूरै शक्तिका साथ सट खेल्छु ।”

आफ्नो सिकाइबारे उनले थपे, “दबाबपूर्ण खेल कसरी खेल्ने, हरेक खेलमा आफूलाई कसरी परिवर्तन गर्ने, परिस्थिति अनुसार खेल कसरी बुझ्ने र टोलीको आवश्यकता अनुसार कसरी खेल्ने भन्ने कुरा मैले यो सिजन सिकेँ । फिटनेसमा पनि मेरो ध्यान केन्द्रित छ, किनकि लामो समय खेल्नका लागि चोटमुक्त रहनुपर्छ ।”

यस सिजन गुजरात टाइटन्सका कप्तान शुभमन गिल ७३२ रनसहित अरेन्ज क्यापको दौडमा दोस्रो स्थानमा रहे भने उनका ओपनिङ पार्टनर साई सुदर्शन ७२२ रनसहित तेस्रो स्थानमा रहे ।

सूर्यवंशी ‘अद्‌भुत’ प्रतिभा : तेन्दुलकर

आईपीएल फाइनलको पूर्वसन्ध्यामा आयोजित अवार्डमा महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकरले सूर्यवंशी साँच्चिकै ‘विशेष’ खेलाडी भएको बताए ।

“अहिले सबैजना सूर्यवंशीको चर्चा गरिरहेका छन्, मैले उनको ब्याटिङ हेरेँ– त्यो उत्कृष्ट थियो । उनी साँच्चिकै अद्‌भुत छन्,” तेन्दुलकरले भने, “बल प्रहार गर्ने क्षमता मात्र होइन, उनको नाडीको प्रयोगले मलाई प्रभावित पार्यो । मैदानको चारैतर्फ सट प्रहार गर्न नाडीको राम्रो मुभमेन्ट चाहिन्छ । उनी जथाभाबी ब्याट घुमाउँदैनन्, बरु अन्य खेलाडीको तुलनामा बलको लाइन र लेन्थ छिटो बुझेर सहजै बाउन्ड्री पार गराउँछन् ।”

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : १४ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका