वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल « Khabarhub

वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले तीव्र आपत्ति जनाएका छन्।

रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार, आधारहीन र अक्षम्य भएको बताएका छन्।

उनले नेपालले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा आफ्नो सीमासम्बन्धी दाबीलाई निरन्तर कूटनीतिक रूपमा उठाउँदै आएको अवस्थामा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने टिप्पणी गर्नुले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कानुनी र कूटनीतिक अडान कमजोर बनाएको दाबी गरेका छन्।

सीमाजस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणबिनाको अभिव्यक्तिले राष्ट्रिय हितमाथि गम्भीर असर पार्न सक्ने उनले बताए। रावलले यस्तो विषयलाई दलगत राजनीति वा अनुमानका आधारमा टिप्पणी गर्न नहुने बताएका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिको भर्त्सना गर्दै रावलले संसद् र आमनेपाली जनतासमक्ष तत्काल माफी माग्न, विवादास्पद भनिएको अभिव्यक्ति फिर्ता लिन तथा संसद्मा आत्मआलोचनासहित स्पष्टीकरण दिन माग गरेका छन्।

उनले राष्ट्रिय अखण्डताको रक्षाका लागि संसद्, राजनीतिक दल र आम नागरिक एकजुट भएर उक्त अभिव्यक्तिको समीक्षा र विरोध गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १२ : १३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली