कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक « Khabarhub

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे विपक्षी दलहरूको बैठक बोलाएका छन् । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उनको सचिवालयले बताएको छ । 

नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाएका हुन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा र १ः१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको  छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।
 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ११ : ३९ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण