रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन « Khabarhub

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९  गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्र गति दिएको छ ।

रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो । 

महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए  ।

उक्त समितिमा पार्टी उपसभापति एवम् अर्थमन्त्री डा स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र दीपकराज बोहरा रहेका छन् ।

यसैगरी, समितिमा गणेश पराजुली कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल छन् । समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र सातै प्रदेशका प्रदेश सभापतिलाई पनि मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले बताए ।
 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ११ : ४४ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री