अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ « Khabarhub

अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भूकम्प र कोरोना महामारीका साथै अन्तर्राष्ट्रिय घटनाले मुलुकको अर्थतन्त्रमा परेको असरलाई अन्त्य गर्दै अर्थतन्त्रको बृहत् सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट बजेट ल्याएको बताएका हुन् ।

उनले ऋणमा आश्रित नभई आन्तरिक स्रोतमा महत्वाकांक्षी ढङ्गले १५ सय ८० अर्ब राजस्व उठाउने सरकारको लक्ष्य रहेको धारणा राखे ।

उनले ५ प्रतिशतको कर नीतिले उपभक्तालाई असर नपर्ने समेत बताए । विद्युत् महसुलमा लगाएको करले उपभोक्तालाई मार नपर्ने गरी विकल्पको खोजि भइरहेको उनको भनाइ छ ।

उनले विद्युतीय सवारी साधनको हकमा पनि कम वाटका गाडीहरूलाई करका कारण कुनै असर नपर्ने उल्लेख गरे । 

मन्त्री वाग्लेले यस पटकको बजेटमा धेरै सुधारका काम गर्न खोजिएकाले भ्रम छर्ने कामहरू बन्द गर्न आग्रह गरे  । 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १२ : ५५ बजे

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर