अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ « Khabarhub

अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भूकम्प र कोरोना महामारीका साथै अन्तर्राष्ट्रिय घटनाले मुलुकको अर्थतन्त्रमा परेको असरलाई अन्त्य गर्दै अर्थतन्त्रको बृहत् सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट बजेट ल्याएको बताएका हुन् ।

उनले ऋणमा आश्रित नभई आन्तरिक स्रोतमा महत्वाकांक्षी ढङ्गले १५ सय ८० अर्ब राजस्व उठाउने सरकारको लक्ष्य रहेको धारणा राखे ।

उनले ५ प्रतिशतको कर नीतिले उपभक्तालाई असर नपर्ने समेत बताए । विद्युत् महसुलमा लगाएको करले उपभोक्तालाई मार नपर्ने गरी विकल्पको खोजि भइरहेको उनको भनाइ छ ।

उनले विद्युतीय सवारी साधनको हकमा पनि कम वाटका गाडीहरूलाई करका कारण कुनै असर नपर्ने उल्लेख गरे । 

मन्त्री वाग्लेले यस पटकको बजेटमा धेरै सुधारका काम गर्न खोजिएकाले भ्रम छर्ने कामहरू बन्द गर्न आग्रह गरे  । 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १२ : ५५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली