झाँक्रीले भनिन्- रवि भारत जानुपूर्व बालेनले बिनासूचना संसद्‍मा दिएको अभिव्यक्ति नियोजित हुनसक्छ « Khabarhub

झाँक्रीले भनिन्- रवि भारत जानुपूर्व बालेनले बिनासूचना संसद्‍मा दिएको अभिव्यक्ति नियोजित हुनसक्छ


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । 

सोमबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उठेर विरोध जनाएका थिए । 

उनीहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने मागेका थिए । 

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थित भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशङ्का व्यक्त गरिन् । 

सीमामा रहेका नागरिकहरूले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उनले बताए । 

देशको सीमाका बोरमा बोल्न नसक्ने प्रधानमन्त्रीले देशको राष्ट्रियता जोगाउन सक्ने भन्ने अपेक्षा नरहेको उनको भनाइ छ । 

राष्ट्रियसभाका प्राय सबै सदस्यहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरे  ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : २८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००