विपक्षीको एकस्वर- प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिदैनौँ « Khabarhub

विपक्षीको एकस्वर- प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिदैनौँ


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गरेका छन् । 

सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले  प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर भएको भन्दै क्षमायाचनसहित फिर्ता माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल राष्ट्रको शिर झुकेको र नेपालीहरूको स्वाभिमान कमजोर भएको भन्दै अभिव्यक्ति क्षमायाचनसहित फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको जानकारी दिइन् ।

नेपाल राष्ट्रको नीतिविपरीत आएको प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म सदनमा आफूहरूको विरोध जारी रहने उनले बताइन्। त्यस्तै बैठकले संसद्लाई पेलेर अगाडि बढाउने परिस्थिति उत्पन्न भएकोमा आपत्ति जनाएको छ ।

अर्यालले संसद्‌मा भएका सदस्य सबैको अपनत्व हुनेगरि नियमावली पारित गर्नुपर्नेमा एकपक्षीय ढंगले पारित गरेकोमा विरोध जनाउने निर्णय गरेको बताइन्। नियमावलीमा प्रतिपक्षीहरूले राखेका कुनै पनि विषय सम्बोधन हुन नसकेको उनले उल्लेख गरे ।

त्यस्तै कांग्रेसका सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण भएकाले प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने बताए ।

प्रधानमन्त्रीको अभिव्यक्ति सही भए नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने र नभए सदनमा आएर प्रधानमन्त्रीले माफी माग्नुपर्ने उनले बताए ।

त्यस्तै राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले सीमाका विषयमा प्रधानमन्त्रीले फेरि संसद्‌मा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताइन्। बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरू सहभागी थिए ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : ०९ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई