निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ? « Khabarhub

निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

त्यसले तीन करोड नेपालीको शिर निहुर्‍याएको पनि उनले बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिँदा सत्ता पक्षका सांसदहरूले ताली बजाएको कुरामा पनि आपत्ति जनाए ।

‘संसद्मा प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ,’ उनले भने, ‘नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ? त्यसको स्पष्ट जवाफ प्रधानमन्त्रीले दिनुपर्छ।’

राईले एउटा देशले अर्को देशको भूमि अतिक्रमण गरेको विषयलाई ‘क्रस बोर्डर अकुपेसन’ को संज्ञा दिन नमिल्ने जिकिर गरे।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति चरम गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गर्दै सस्तो लोकप्रियताका लागि राष्ट्रिय हितसँग खेलवाड गर्न नहुने बताए।

‘प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएर के पुष्टि गर्न खोज्नुभएको हो ?’ भन्दै उनले प्रश्न गरे। कांग्रेसले राष्ट्रियतामाथि प्रहार भएको ठहर गर्दै उक्त अभिव्यक्ति नसच्याएसम्म संसद्को कामकारबाहीमा सहकार्य गर्न नसकिने चेतावनी पनि दिएको छ।

राईले प्रधानमन्त्रीको भनाइलाई ‘इतिहासकै लज्जाजनक अभिव्यक्ति’ को संज्ञा दिँदै विषयलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको आरोप लगाए।

यसका साथै, सभामुखले समेत यस विषयमा मौनता अपनाएको भन्दै त्यसलाई गम्भीर समस्या भएको बताए।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  २ : ३४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली