निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ? « Khabarhub

निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

त्यसले तीन करोड नेपालीको शिर निहुर्‍याएको पनि उनले बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिँदा सत्ता पक्षका सांसदहरूले ताली बजाएको कुरामा पनि आपत्ति जनाए ।

‘संसद्मा प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ,’ उनले भने, ‘नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ? त्यसको स्पष्ट जवाफ प्रधानमन्त्रीले दिनुपर्छ।’

राईले एउटा देशले अर्को देशको भूमि अतिक्रमण गरेको विषयलाई ‘क्रस बोर्डर अकुपेसन’ को संज्ञा दिन नमिल्ने जिकिर गरे।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति चरम गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गर्दै सस्तो लोकप्रियताका लागि राष्ट्रिय हितसँग खेलवाड गर्न नहुने बताए।

‘प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएर के पुष्टि गर्न खोज्नुभएको हो ?’ भन्दै उनले प्रश्न गरे। कांग्रेसले राष्ट्रियतामाथि प्रहार भएको ठहर गर्दै उक्त अभिव्यक्ति नसच्याएसम्म संसद्को कामकारबाहीमा सहकार्य गर्न नसकिने चेतावनी पनि दिएको छ।

राईले प्रधानमन्त्रीको भनाइलाई ‘इतिहासकै लज्जाजनक अभिव्यक्ति’ को संज्ञा दिँदै विषयलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको आरोप लगाए।

यसका साथै, सभामुखले समेत यस विषयमा मौनता अपनाएको भन्दै त्यसलाई गम्भीर समस्या भएको बताए।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : ३४ बजे

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा

माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?

काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान