सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित « Khabarhub

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन् । विपक्षीको अवरोधपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

यसैबीच, सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको छ । 

हिजोको बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै पुगेका थिए। उनीहरूले सभामुखकै आसनमा पुगेर विरोध गरेका थिए । 

विपक्षीहरूले विरोधका क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने गरेपछि ग्याप बढाइएको हो । 

तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : ५६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००