सभामुखको गुनासो- संसद्‌का समस्या समाधान गर्न विपक्षीको साथ पाइनँ « Khabarhub

सभामुखको गुनासो- संसद्‌का समस्या समाधान गर्न विपक्षीको साथ पाइनँ


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा देखिएको समस्या समाधान गर्न खोज्दा विपक्षी दलको साथ नपाएको बताएका छन् । 

सोमबार विपक्षी दलका सांसदहरुले सदनको कामकारबाही अघि बढाउन अवरोध गरेपछि सभामुख अर्यालले विपक्षी दलका सदस्यहरूलाई पटक–पटक संवाद गर्नको लागि बोलाए पनि विपक्षी दलबाट समय नपाएको बताए ।

उनले सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिए पनि विपक्षी दलबाट नजरअन्दाज भएपछि प्रक्रिया अनुसार नै अघि बढ्ने अवस्था आएको धारणा राखे ।

सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावली अनुसार नै अघि बढाइएको उल्लेख गरे । 

सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थमात्रै प्रस्तुत गर्न सक्ने भन्दै उनले स्वीकार गर्ने या अस्वीकृत गर्ने भन्ने सांसदहरूकै विषय भएको बताए । सभामुख अर्यालले आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेको समेत बताए । 

त्यस्तै उनले सदनमा विरोधको प्रतिस्पर्धा भन्दा पनि देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गर्न सुझाव दिए । 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : १० बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण