स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूत मिङबीच भेट, जनस्वास्थ्य सहकार्यमा छलफल « Khabarhub

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूत मिङबीच भेट, जनस्वास्थ्य सहकार्यमा छलफल


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका राजदूत चाङ माउ मिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध र स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले नेपालका विभिन्न कठिन परिस्थितिमा तथा स्वास्थ्य क्षेत्रका परियोजनामा चीन सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना दिइन् । उनले चीनले हासिल गरेको विकास अनुभवबाट नेपालले पनि सिकेर अघि बढ्नुपर्ने धारणा राखिन् ।

त्यस अवसरमा राजदूत चाङ माउ मिङले नेपाल सरकारलाई बधाई दिँदै आर्थिक तथा सामाजिक विकासका प्राथमिकतामा उल्लेखनीय उपलब्धि हासिल होस् भन्ने शुभकामना व्यक्त गरे ।

उनले चीन सरकार नेपालका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार तथा खाद्य स्वच्छताका क्षेत्रमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग विस्तार गर्न सकिने प्रस्ताव राखे ।

भेटवार्तामा नेपाल–चीनबीच स्वास्थ्य तथा जनस्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ४ : ०६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली