वैतेश्वरका महिलाको हातमा नौमती बाजा ! « Khabarhub

वैतेश्वरका महिलाको हातमा नौमती बाजा !


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– महिलाहरूलाई आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले वैतेश्वर गाउँपालिकाले वडा नं. ५ का स्थानीय महिलाहरूलाई नौमती बाजा बजाउने तालिम सञ्चालन गरेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत यहाँका दुई दर्जन बढी महिलाहरूलाई सहभागी गराएर उक्त तालिम सञ्चालन गरिएको हो । 

गरिबी निवारणमा आधारित लघुउद्यम विकास कार्यक्रममार्फत सञ्चालन गरिएको तालिमले महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्नुका साथै आयआर्जनको अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो समय लोपोन्मुख बन्दै गएको नौमती बाजा संस्कृतिको संरक्षण गर्दै महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले चार लाख रुपैयाँको अनुदानमा नौमती बाजा खरिद गरी एक महिने तालिम सञ्चालन गरेको जनाएको छ ।

तालिमपछि सहभागी महिलाहरूले विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा नौमती बाजा बजाएर आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमले एकातर्फ परम्परागत संस्कृति जोगाउन सहयोग पुग्नेछ भने अर्कोतर्फ महिलाहरूलाई स्वरोजगार बन्न प्रेरित गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

स्थानीय महिलाहरूले पनि तालिमप्रति उत्साहजनक सहभागिता जनाउँदै नौमती बाजा बजाउने सीप सिक्नुका साथै आत्मविश्वास र आयआर्जनको नयाँ सम्भावना प्राप्त भएको बताएका छन् । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : ३१ बजे

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग 

काठमाडौं– बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा