वैतेश्वरका महिलाको हातमा नौमती बाजा ! « Khabarhub

वैतेश्वरका महिलाको हातमा नौमती बाजा !


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– महिलाहरूलाई आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले वैतेश्वर गाउँपालिकाले वडा नं. ५ का स्थानीय महिलाहरूलाई नौमती बाजा बजाउने तालिम सञ्चालन गरेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत यहाँका दुई दर्जन बढी महिलाहरूलाई सहभागी गराएर उक्त तालिम सञ्चालन गरिएको हो । 

गरिबी निवारणमा आधारित लघुउद्यम विकास कार्यक्रममार्फत सञ्चालन गरिएको तालिमले महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्नुका साथै आयआर्जनको अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो समय लोपोन्मुख बन्दै गएको नौमती बाजा संस्कृतिको संरक्षण गर्दै महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले चार लाख रुपैयाँको अनुदानमा नौमती बाजा खरिद गरी एक महिने तालिम सञ्चालन गरेको जनाएको छ ।

तालिमपछि सहभागी महिलाहरूले विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा नौमती बाजा बजाएर आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमले एकातर्फ परम्परागत संस्कृति जोगाउन सहयोग पुग्नेछ भने अर्कोतर्फ महिलाहरूलाई स्वरोजगार बन्न प्रेरित गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

स्थानीय महिलाहरूले पनि तालिमप्रति उत्साहजनक सहभागिता जनाउँदै नौमती बाजा बजाउने सीप सिक्नुका साथै आत्मविश्वास र आयआर्जनको नयाँ सम्भावना प्राप्त भएको बताएका छन् । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ६ : ३१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि