पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह « Khabarhub

पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । साथै उनले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न उनले आग्रह गरेका छन् । 

ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले पर्यटन प्रवर्द्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताए।

मुख्यमन्त्री कार्कीले पर्यटन पूर्वाधार विकासका लागि कम्तीमा १० वर्षसम्म निरन्तर रूपमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए। 

ओरिएन्टल पब्लिकेशनका प्रबन्धक हरि गौतमले कोशी क्षेत्र अवसर, सम्भावना र चुनौतीको सङ्गम भएकाले यसको समग्र विकासमा जोड दिनुपर्ने बताए।

पुस्तकका लेखक वासुदेव बरालले आफ्नो सिर्जना  पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

साहित्यकार कृष्ण साह र सीमा आवासले पुस्तकको समीक्षा  गर्दै कोशी प्रदेशको पर्यटनबारे जान्न चाहनेका निम्ति पुस्तक सङ्ग्रहणीय छ भने ।
 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : ३९ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण