सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा « Khabarhub

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । 

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् । 

सीमासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिई प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने उनको भनाइ छ । त्यस्तै सभापति थापाले जेन्जी आन्दोलसम्बन्धी मानवअधिकार आयोगको प्रतिवदेन कार्यान्वयन गर्न माग गर्दै दोषि देखिएकाहरुलाई निष्पक्ष ढंगले कारवाही गर्नुपर्नेमा जोड दिए । 

संसदमा संख्याको दम्भ देखिएको भन्दै उनले जनमतलाई अवसरको रुपमा लिएर काम गर्न रास्वपालाई सुझाव दिए । सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान आफु गम्भीर रुपमा लागेको उल्लेख गरे । 

उनले निर्वाचनले कांग्रेस ल्याएको नभइ कांग्रेसका कारण निर्वाचन भएको इतिहास रहेको भन्दै निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिन आग्रह गरे । 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ६ : ५२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म