सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने « Khabarhub

सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलङ्काको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल) २०२६ का लागि तीन नेपाली खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् ।

आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलङ्कामा आयोजना हुने एलपिएलको ड्राफ्टमार्फत नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र ओपनर कुशल भुर्तेल अनुबन्धित भएका हुन् ।

ड्राफ्टअनुसार सन्दीपलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको छ । यस्तै, दीपेन्द्र सिंह ऐरी पनि जाफ्ना किंग्समै आबद्ध भएका छन् भने विस्फोटक ब्याटर कुशल भुर्तेल कोलम्बो क्याप्समा पुगेका छन् ।

सम्झौता अनुसार सन्दीपले २० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । दीपेन्द्र र कुशलले समान १५–१५ हजार अमेरिकी डलर पाउनेछन् ।

यसअघि पनि सन्दीप र दीपेन्द्रले एलपिएलसहित विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन् । कुशलका लागि भने अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा यो पहिलो अनुभव हुनेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ८ : २२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल