सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने « Khabarhub

सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलङ्काको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल) २०२६ का लागि तीन नेपाली खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् ।

आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलङ्कामा आयोजना हुने एलपिएलको ड्राफ्टमार्फत नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र ओपनर कुशल भुर्तेल अनुबन्धित भएका हुन् ।

ड्राफ्टअनुसार सन्दीपलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको छ । यस्तै, दीपेन्द्र सिंह ऐरी पनि जाफ्ना किंग्समै आबद्ध भएका छन् भने विस्फोटक ब्याटर कुशल भुर्तेल कोलम्बो क्याप्समा पुगेका छन् ।

सम्झौता अनुसार सन्दीपले २० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । दीपेन्द्र र कुशलले समान १५–१५ हजार अमेरिकी डलर पाउनेछन् ।

यसअघि पनि सन्दीप र दीपेन्द्रले एलपिएलसहित विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन् । कुशलका लागि भने अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा यो पहिलो अनुभव हुनेछ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ८ : २२ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले