३३ जना एसएसपीको सरुवा, काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख फेरिए (सूचीसहित) « Khabarhub

३३ जना एसएसपीको सरुवा, काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख फेरिए (सूचीसहित)


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार भएको सरुवामा काठमाडौं र ललितपुरका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलिप घिमिरेलाई खटाइएको छ भने हालका प्रमुख रमेश थापाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरको नेतृत्व तुलबहादुर कार्कीले सम्हाल्ने भएका छन् भने होबिन्द्र बोगटी ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।

सरुवाअन्तर्गत सुवासचन्द्र बोहरा लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुख बनेका छन् । शान्तिराज कोइराला उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, नकुल पोखरेल मानव बेचबिखन ब्यूरोमा तथा नवराज अधिकारी साइबर ब्यूरोमा काज सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले अन्य प्रदेश, तालिम केन्द्र तथा विभिन्न ब्यूरोमा समेत एसएसपीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ९ : १६ बजे

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी