कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन « Khabarhub

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला गरेको छ।

सोमबार बसेको कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता खुल्ला गरेको हो।

समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ क्रियाशील सदस्यताका लागि आह्वान गर्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनबाटै पनि आवेदन दिन सकिने भएको छ।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिवद्धताका साथ स्वदेश तथा विदेशमा रहनु भएका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेवसाइट मार्फत् सहज र सरल रुपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरिएको यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ।’

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ९ : ४७ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी