शिक्षासहित चारवटा समितिका बैठक बस्दै « Khabarhub

शिक्षासहित चारवटा समितिका बैठक बस्दै


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, संसदीय सुनुवाइ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री, मन्त्रालयका सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानून सचिवलाई आमन्त्रण गरिएको छ । यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई पनि बैठकमा बोलाइएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ९ बजे सुरु सिंहदरबारमा सुरु हुनेछ । बैठकमा समितिको आन्तरिक कार्यविधिका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, संसदीय सुनुवाइ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरुमा आन्तरिक तयारी गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : ०३ बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै