शिक्षासहित चारवटा समितिका बैठक बस्दै « Khabarhub

शिक्षासहित चारवटा समितिका बैठक बस्दै


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, संसदीय सुनुवाइ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री, मन्त्रालयका सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानून सचिवलाई आमन्त्रण गरिएको छ । यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई पनि बैठकमा बोलाइएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ९ बजे सुरु सिंहदरबारमा सुरु हुनेछ । बैठकमा समितिको आन्तरिक कार्यविधिका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, संसदीय सुनुवाइ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरुमा आन्तरिक तयारी गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : ०३ बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य