रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै « Khabarhub

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदैछन् । महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य चयन गरेको थियो । सभापतिमा लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदमा विद्युतीय मतदान भएको थियो ।

पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । अब बाँकी १० पदाधिकारी रविले मनोनित गर्न पाउनेछन् । १० जना पदाधिकारीमध्ये पार्टीलाई अत्यावश्यक चाहिने पार्टी प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी अहिलेसम्म कसैलाई दिइएको छैन । वरिष्ठ नेतामा वालेन्द्र शाह स्वतः मनोनीत हुने देखिन्छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : १९ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले