रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै « Khabarhub

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदैछन् । महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य चयन गरेको थियो । सभापतिमा लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदमा विद्युतीय मतदान भएको थियो ।

पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । अब बाँकी १० पदाधिकारी रविले मनोनित गर्न पाउनेछन् । १० जना पदाधिकारीमध्ये पार्टीलाई अत्यावश्यक चाहिने पार्टी प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी अहिलेसम्म कसैलाई दिइएको छैन । वरिष्ठ नेतामा वालेन्द्र शाह स्वतः मनोनीत हुने देखिन्छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : १९ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि