इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड ? « Khabarhub

इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड ?


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिने पक्का भएपछि इक्वेडरका डिफेन्डर पिएरो हिकापिएले रातो कार्ड पाएका छन् । खेलको इन्जुरी समय (९०+५ मिनेट) मा आर्सनलका यी खेलाडीले सिधै रातो कार्ड पाएपछि इक्वेडरले १० खेलाडीमा सिमित हुँदै विश्वकप यात्रा टुङ्ग्याएको छ ।

खेलको ९०+४ औँ मिनेटमा विपक्षी खेलाडीसँगको भिडन्त र भनाभनका क्रममा हिकापिएले आफ्नो मुख छोपेर आक्रामक व्यवहार देखाएका थिए । सोही विवादित घटनालाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले जाँच गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका हुन् ।

केही दिनअघि मात्रै पराग्वेका मिगुएल आल्मिरोनले यस्तै गल्तीका कारण सजाय भोगे पनि हिकापिएले मैदानमा संयम गुमाउँदा यो महँगो साबित भयो ।

मेक्सिको सिटीमा जारी यस विश्वकप संस्करणमा म्याच रेफ्रीले रातो कार्ड देखाएको यो चौथो पटक हो । मेक्सिकोसँग २-० ले पराजित भएसँगै इक्वेडर टोली घर फर्किएको छ । जसका कारण हिकापिएले आगामी खेल गुमाउने डर नभए पनि उनको यो गैरजिम्मेवारपूर्ण हर्कतको आलोचना भइरहेको छ । पछिल्लो विश्वकपकाे नियम अनुसार खेलाडीले मैदानमा मुख छाेपेर बोलेमा रातो कार्ड दिइने छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १० : ०३ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप