निजी अस्पताल र क्लिनिकमा स्तनपान कक्ष अनिवार्य गर्न स्वास्थ्य सेवा विभागको निर्देशन « Khabarhub

निजी अस्पताल र क्लिनिकमा स्तनपान कक्ष अनिवार्य गर्न स्वास्थ्य सेवा विभागको निर्देशन


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागले देशभरका निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ ।

परिवार कल्याण महाशाखा, टेकुद्वारा जारी पत्रमार्फत स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपत्कालीन अवस्थामा समेत सहज रूपमा स्तनपान गराउन आवश्यक वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना गर्न आग्रह गरिएको हो ।

विभागले ‘स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ अनुसार सबै निजी अस्पताल तथा क्लिनिकहरूले स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने जनाएको छ । यसले स्तनपान प्रवर्द्धन, संरक्षण र सहयोगलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

पत्रमा स्तनपान गराउने आमाहरूले स्वास्थ्य संस्थाभित्र गोपनीयता र सहजता महसुस गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ । बालबालिकाको स्वस्थ विकास तथा मातृ स्वास्थ्य प्रवर्द्धनमा स्तनपानको महत्त्वपूर्ण भूमिका हुने भएकाले स्वास्थ्य संस्थाहरूले यस विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने विभागको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक डा। मदन कुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि २०८० को पूर्ण पालना गर्न निजी स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : २८ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा