निजी अस्पताल र क्लिनिकमा स्तनपान कक्ष अनिवार्य गर्न स्वास्थ्य सेवा विभागको निर्देशन « Khabarhub

निजी अस्पताल र क्लिनिकमा स्तनपान कक्ष अनिवार्य गर्न स्वास्थ्य सेवा विभागको निर्देशन


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागले देशभरका निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ ।

परिवार कल्याण महाशाखा, टेकुद्वारा जारी पत्रमार्फत स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपत्कालीन अवस्थामा समेत सहज रूपमा स्तनपान गराउन आवश्यक वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना गर्न आग्रह गरिएको हो ।

विभागले ‘स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ अनुसार सबै निजी अस्पताल तथा क्लिनिकहरूले स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने जनाएको छ । यसले स्तनपान प्रवर्द्धन, संरक्षण र सहयोगलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

पत्रमा स्तनपान गराउने आमाहरूले स्वास्थ्य संस्थाभित्र गोपनीयता र सहजता महसुस गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ । बालबालिकाको स्वस्थ विकास तथा मातृ स्वास्थ्य प्रवर्द्धनमा स्तनपानको महत्त्वपूर्ण भूमिका हुने भएकाले स्वास्थ्य संस्थाहरूले यस विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने विभागको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक डा। मदन कुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि २०८० को पूर्ण पालना गर्न निजी स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : २८ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले