रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल « Khabarhub

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई मनोनित गरेको छ।

पार्टीका केन्द्रीय सहमहामन्त्री हरि ढकालका अनुसार कास्की निवासी पौडेल उच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनलाई अनुशासन आयोगको प्रमुख बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछानेले बैठकमा पेश गरेका थिए।

ढकालका अनुसार बैठकले निर्वाचन आयोग र लेखा आयोगमा भने साविककै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ।

रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका विभिन्न सङ्गठनात्मक संरचनालाई पूर्णता दिने क्रममा उक्त निर्णय गरेको हो।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ३ : ०९ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत