रास्वपा कार्यालय बनस्थलीमा दृष्टिविहीनको प्रदर्शन « Khabarhub

रास्वपा कार्यालय बनस्थलीमा दृष्टिविहीनको प्रदर्शन


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले रास्वपा कार्यालय बनस्थलीमा प्रदर्शन गरेका छन् । 

रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय बनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरूले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् । रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले सुरक्षाकर्मीहरूले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन् । सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरुमाथि काठमाडौं महानगर लगायत विभिन्न निकायहरूले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : १९ बजे

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम